खोटाङ । किरात राई विद्यार्थी संघका खोटाङका पूर्व अध्यक्ष दिपक राईलाई प्रहरीले रिहाई गरेको छ । आज सोमबार बिहान प्रहरीले नियनत्रणमा लिएको राईलाई एक घण्टा पश्चात प्रहरीले रिहाई गरेको हो ।
कोशी प्रदेशका मन्त्री तिलकुमार मेन्याङबोलाई खोटाङमा कालो झण्डा देखाउने क्रममा प्रहरीसंग झडप भएपछि राईले सामाजित संजाल फेसबुकमा प्रहरी प्रति नकारात्मक टिप्पणि गरेको भन्दै नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोतम खड्काले नियन्त्रणमा लिएका राईसंग फेसबुकमा लेखिएका कुराहरु डिलिट गर्ने सहमति भएपछि छाडिएको टेलिफोन सम्र्पकमा बताए ।

तपाईको प्रतिक्रिया