
खोटाङ । खोटाङमा गोरुको मासु खाएको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खोटाङ जालपाको मसानेघाटमा गोरुको मासुको भोज खाएको आरोपमा बर्ष २७ को बादल गुरुङलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिए अनुसार रावाबेसी गाउँपालिका वडा न ६ का गुरुङले गोरुको मासु खाएको भिडियो फेसबुकमा हालेकोले सामाजिक सदभाव बिग्रेने खतारा भएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यता पहिचानबादी संघ संगठनले भने बिना सर्त रिहाइको माग गरेको छ । यदि नछाडीए चरनबद्ध रुपमा आन्दोलन गरिने चतावनी दिएको छ ।




