उदरपुर । प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले त्रियुगा नगरपालिका ५ कुसुमेटार उदयपुर बस्ने वर्ष ३१ का अमृत तामाङलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक सहित सोमबार दिउँसो पक्राउ गरेको थियो ।
तामाङको उदयपुर जिल्ला अदालतबाट हात हतियार खरखजना मुद्धामा म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनायो ।

तपाईको प्रतिक्रिया