विराटनगर । असोज १० गते हिजो नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बराहक्षेत्र ८ स्थीत श्री जनक माध्यमिक विद्यालयमा एक दिवसिय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
लायन्स क्लब इटहरी स्मार्ट सिटी, लियो क्लव इटहरी स्मार्ट सिटी, जनक मा. वि. का भुतपुर्व विद्यार्थीहरुले संयुत्त रुपमा स्वास्थ्य शिबिरको आयोजना गरेको थियो ।
शिविरमा मेडिसिन विभागमा ८५ जना, नाक, कान, छाला रोग विभागमा ३४ जना, प्रसुती तथा स्त्री रोग विभागमा २० जना, सर्जरी विभागमा १० जना, बालरोग विभागमा ३५ जना, दन्त रोग विभागमा ४०, घाँटी विभागमा ५२ जना, आँखा विभागमा ११० जना गरी जम्मा ३८६ जना विरामीको स्वास्थ्य परीक्षण र उपचार भएको थियो । उक्त क्रममा ४५ जना विरामीको इ. सि. जि. र ७५ जनाको प्रयोगशाला परीक्षण गरिएको आयोजकले जनायो

तपाईको प्रतिक्रिया