
खाँदबारी । इलाका प्रहरी कार्यालय वाना संखुवासभाले आज बिहिबार डेङगी रोग संक्रमणको विषयमा जनचेतना मुलक कार्यक्रम गरेको छ ।
समुदयिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस इप्रका क्षेत्रको पाँचखपन नगरपालिका ७, बिहिबारे बजारमा बिहान जनचेतना मुलक कार्यक्रम गरेको हो ।
प्रसनि शेष नारायण रामको कमाण्डको प्रहरी टोलीले जनप्रतिनिधि, अन्य सरोकारवाला स्थानियवासीलाई भेला गरि सडकमा डेङगी रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको थियो ।




