
दमक । चोरी भएको मोटरसाइकल सहित प्रहरीले २ जना युवाहरुलाई पक्राउ गरेको छ ।
बाह्रदशी गाउँपालिका २ झापा बस्ने वर्ष ३५ जफिर आलम, भारत बिहार किसनगंज जिल्ला शकिनतोतुलगुडी रुईधासाका घर भएका वर्ष २९ का मो. जुबेर पक्राउ परेका हुन ।
भद्रपुर नगरपालिका ४ तारानगर झापाबाट चोरी भएको मे ११ प ४३०७ एफजेट मोटरसाईकल सहित पक्राउ परेका थिए ।
चोरी गरी लादै गरेको अवस्थामा प्रहरी चौकी महेशपुर झापाबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।




