पथरी । पथरीशनिश्चरे नगरबाट नेकपा एमालेको प्रदेश कमिटि सदस्यमा २ जना निर्बाचित भएका छन ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयका पूर्वप्रमुख दिलिपकुमार राई (किशोर) र देवराज भण्डारी निर्बाचित भएका हुन । राई र भण्डारी पथरीशनिश्चरे नगरपालिका १ का स्थाई बासिन्दा हुन । भण्डारी नेकपा माओबादी केन्द्रबाट समायोजन भइका नेता हुन ।
यस्तै पथरीशनिश्चरे नगरपालिका कार्यालयका पूर्व उपप्रमुख यमुना बिष्ट बास्तोला र टिका चाँपागाईको मत बराबरी भएको छ । विष्ट बास्तोला पथरीशनिश्चरे नगरपालिका १ का स्थाई बासिन्दा हुन ।
चिठठा तान्ने वा सहमतिबाट एकले अर्कोर्ला छाडने विषय रहेको छ । यस्तै युवा नेतृत्वबाट उम्मेद्धवारी दिएका भुपाल श्रेष्ठ र विजय डाँगी पराजित भए । डाँगि नेकपा माओबादी केन्द्रबाट समायोजन भइका नेता हुन । यस्तै श्रेष्ठ र डाँगी पनि पथरीशनिश्चरे नगरपालिका १ का स्थाई बासिन्दा हुन ।

तपाईको प्रतिक्रिया