
बिराटनगर । ६ किलो गाँजा सहित प्रहरीले २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका १४ यादव टोल मोरङबाट वर्ष २५ बिबेक राय र वर्ष २२ सुरज राय ६ किलो गाँजा सहित पक्राउ परेको हो ।
आज दिउँसो सवा १२ बजेको समयमा प्रहरी टोलिले नेपालबाट भारततर्फ बोरा बोकेर जाँदै गरेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनिहरु विराटनगर महानगरपालिका ८ स्थाई बासिन्दा हुन । उनिहरुलाई ईलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दियो ।




