विराटनगर । भारतबाट नेपाल ल्याउदै गरेको प्रतिबन्धीत औषधी प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिए अनुसार असोज २० गते ११:४५ बजेको समयमा ठुलो मात्रामा प्रतिबन्धीत औषधी बरामद गरेको हो ।
विराटनगर महानगरपालिका वडा नं १३ जतुवा नहर छेउमा भन्सार छलेर झोलामा बोकी ल्याउदै गरेको औषधीहरु ३ लाख एक्काइस हजारको औषधी बरामद गरेको थियो ।
प्रहरीको सि.आर.भी. टोलीलाई देख्नासाथ उक्त औषधीहरु सोही ठाउमा छाडेर एक ब्यात्ती फरार भएको प्रहरीले जानकारी दियो । जफत गरिएको आवश्यक कारवाहीको लागि औषधी ब्यवस्था विभाग विराटनगर मोरङमा बुझाइएको प्रहरीले जानकारी दियो ।

तपाईको प्रतिक्रिया