
विराटनगर । नोवेल मेडिकल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा झापाको कन्काईमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
असोज २६ गते जेष्ठ नागरिक संघ कन्काई, झापाको आयोजना र नेपाल भारत मैत्री संघ, सुरुङ्गा उपशाखाको सह—आयोजना साथै नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग शिविर सम्पन्न भएको हो ।
पालिकाको वडा न. १ स्थित जेष्ठ नागरिक संघको भवनमा एक दिवसीय नि:शुल्क स्वास्थ्य सिविर सम्पन्न भएको थियो । जेष्ठ नागरिकहरुको विशेष गरी मुटु जाँच गर्ने उद्देश्यले आयोजित उक्त सिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका बरिष्ठ मुटु रोग विशेषज्ञ तथा अस्पताल निर्देशक प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले १५८ जना जेष्ठ नागरिकको परीक्षण गरेको जनाएको छ । सिविरमा १५८ जनाको इकोकार्डियोलोजी परीक्षण र ८८ जनाको ई. सि. जी. लगायतको सेवा उपलब्ध गरिएको थियो ।










