पथरी । मजदुर नेता ज्ञानबहादुर बिश्वकर्मालाई मातृशोक परेको छ । पथरीशनिश्चरे नगरपालिका वडा न. ८ निवासी बिश्वकर्मालाई मातृशोक परेको हो । बिश्वकर्माको आमा चन्द्रकुमारी बिश्वकर्माको यहि कात्तिक ४ गते ९० वर्षको उमेरमा निधन भएको थियो ।
आज शनिवार निजनिवास पुगेर नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले समावेदना पत्र प्रदान गर्दै श्रदाञ्जली कार्यक्रम गरेका थिए । ज्ञानबहादुर बिक नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको कोशी प्रदेश सदस्य हुन भने उनको श्रीमती गिता बिश्वकर्मा पथरीशनिश्चरे नगरपालिकाको पूर्व कार्यपालिका सदस्य समेत हुन ।

तपाईको प्रतिक्रिया