
विराटनगर । नेवेल मेडिकल शिक्षण अस्पताल विराटनगरमा दन्त चिकित्सा, नर्सिङ्ग, फिजियोथेरापी लगायतका शैक्षिक कार्यक्रमका फ्याकल्टी सदस्यहरुका लागि ३ दिने कार्यसाला तालिम सम्पन्न भएको छ ।
अस्पतालको सभाहलमा विषयगत सिकाइ स्तर वृद्धि तालिम हिजो सम्पन्न भएको हो । कार्तिक १५ देखी १७ गतेसम्मा ३ दिने कार्यशालामा ४३ जना विषयगत सदस्यहरुको सहभागिता रहेको थियो । नोवेल मेडिकल कलेजका प्राचार्य प्रा. डा. रामहरी घिमिरेले कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमको उद्देश्य र महत्वको विषयमा विचार राखेका थिए ।
समापन कार्यक्रममा प्राचार्य प्रा. डा. रामहरी घिमिरे, सह प्राचार्य प्रा. डा. ऋतु बराल र सहभागीको तर्फबाट डा. निरज नेपालले मन्तब्य राखेका थिए ।
कार्यसालामा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । कार्यशालाको सहजिकरण प्रा. डा. शितल भण्डारी र प्रा. डा. बाबु राजा महर्जनले गरेका थिए ।




