ताप्लेजुङ । पहिचान पक्षधरका कार्यकर्ताहरुले नेकपा (एमाले) पार्टीको नेता तथा संघिय सांसद योगश भट्टराईको गाडी तोडफोड गरेको छ ।
आफ्नो क्षेत्रका जनतासंग भेटघाट गर्न गृह जिल्ला ताप्लेजुङ आएका भट्टराई  सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडीको गाडीमा फुङलिङ बसपार्क नजिकै तोडफोड भएको हो । ७/८ जना को समुहमा आएका पहिचान पक्षधर कार्यकर्ताले तोडफोड गरेको एमाले पार्टी ताप्लेजुङले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालयले जानकारी दिए अनुसार सामन्य बिवाद मात्रै भएको जानकारी दिएको छ । प्रदेश नं १ लाई हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारले “कोशी” नामाङकन गरेपछि एमाले पार्टीको सांसदहरुलाई पहिचान पक्षधरले अबरुद्ध गर्दै आई रहेको छ ।

तपाईको प्रतिक्रिया