इटहरी । मंसिर ११ गते नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इटहरी उपमहानगर पालिका वडा नं. १० सुनसरीको आयोजना र इटहरी उप महानगरपालिकाको सहयोगमा मंसिर ११ गते मनमोहन आधारभुत बिद्यालयमा आयोजित नि:शुल्क स्वास्थ शिविरमा संचालन भएको थियो ।
मेडिसिन, प्रसुती तथा स्त्री रोग, सर्जरी, हाडजोर्नी, नाक, कान, घाँटी, बाल रोग, छाला रोग, दन्त रोग, आँखा रोगका ४१३ जना विरामीहरुले स्वास्थ्य सेवा लिएको जानकारी दिइएको छ ।
यसै क्रममा ५५ जनाको प्रयोगशाला परीक्षण, ४० जनाको भिडियो एक्सरे र ३५ जनाको ई. सि. जि. गरिएको थियो ।

तपाईको प्रतिक्रिया