विराटनगर । रामधुनि नगरपालिका वडा नं. ८ र ९ नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिराटनगरको प्राबिधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
रामधुनि नगरपालिका वडा नंं ८ स्थीत डुम्राहाको सामुदायिक भवन र स्वास्थ्य चौकीको भवनमा मंसिर १३ गते मुटु रोग र प्रसुती तथा स्त्री रोग सम्बन्धी एक दिवसिय नि:शुल्क स्वास्थ शिविर सम्पन्न भएको हो ।
२ ठाउँमा संचालन गरिएको शिविरमा ४३१ जनाको स्वास्थ्य परीक्षण र उपचार भएको थियो । १२७ जनाको इकोकार्डियोग्राम, ३९ जनाको इ. सि. जि., ९८ जनाको भिडियो एक्सरे र ७५ जनाको प्रयोगशाला परीक्षण भएको जानकारी दिइएको छ ।
नोवेलले विभिन्न संघ संस्थाहरुको समन्वयमा विभिन्न स्थानहरुमा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया