विराटनगर । नोबेल मेडिकल शिक्षण अस्पताल विराटनगरले रामधुनी नगरपालिका वडा नं. ४ र सहरी स्वास्थ्य केन्द्र रामधुनी ४ निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
पौष १८ गते बुधबार नारी कुञ्ज अस्ट्रेलिया, एजुकेट द चिल्ड्रृन, सेभ द अर्थको समन्वय तथा सहयोग र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो ।
उक्त शिविरमा २३४ जना महिलाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणको क्रममा १०१ जनाको प्रयोगशाला परीक्षण, ९५ जनाको भिडियोएक्सरे, १० जनाको ईसिजि गरिएको थियो ।
नोवेलले विभिन्न स्थानहरुमा नि:शुल्क स्वास्थ्य शिविरहरुको नियमित रुपमा आयोजना गर्दै आएको छ । तस्वीर नोवेल प्रशासन 

तपाईको प्रतिक्रिया