इलाम । पहिचानी आन्दोलनको क्रममा पक्राउ परि हाल इलाम कारागारमा रहेका आशिष लिम्बुलाई रिहाई गर्न माग गरेको छ ।
लिम्बुवान पार्टी नेपालको अध्यक्ष वीर नेम्वाङले पहिचानी आन्दोलनका क्रममा पक्राउ परेका साम्बालाई रिहाईको माग गरेका हुन ।
२०७९ चैत्र ९ गते माङसेबुङ –५ वडा कार्यालयको केही सामाग्री जल्नुका साथै पछि चैत्र २२ गते आाशिस साम्बालाई समाएर इ्लाम मुद्धा दर्ता गरेको थियो ।
आज सोमबार सामाजिक संजाल फेसबुकबाट अध्यक्ष नेम्वाङले साम्बाको रिहाई गर्न माग गर्दै हिंसात्मक घटनाको नैतिक जिम्मेवारी पहिचानी नेताहरुले लिनु पर्ने पनि बताएका छन ।
अध्यक्ष नेम्वाङले ४८ वर्ष अघि नेपाली काङ्ग्रेसका नेता बिपी कोइरालाले अदालतमा बयान दिंदा आफ्नो आह्वानमा पन्चायती व्यवस्था विरोधी क्रान्तिमा भएको त्यस क्रममा भएका हिंसात्मक घटनाको नैतिक लिएको स्मरण गर्दै किरात मोर्चाका नेताहरु डकेन्द्रसिंह थेगिम, केहरसिंह योङ्हाङ र उदयविक्रम तुम्बापोले जिम्मा लिनु पर्ने उल्लेख छ ।
कोशी प्रदेश पुन:नामाङ्कन आन्दोलनमा भएका यावत ध्वांसात्मक घटनाको नैतिक रुपबाट जवाफदेही हुन्छौं भन्नू पर्ने अध्यक्ष नेम्वाङको तर्क छ ।

तपाईको प्रतिक्रिया