
विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले पौष २१ गते इटहरी उपमहानगरपालिका वडा नं. ५ मा एक दिवसीय नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
स्वस्थ्य मुटु स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ नोबेलले मुटु रोगको विशेषज्ञ नि:शुल्क स्वास्थ्य शिविरको सम्पन्न गरेको हो ।
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग, स्व. कुमार अधिकारीको स्मृतिमा अधिकारी मेडिको र तुलसा टोल विकास संस्था, इटहरी ५ को संयुक्त आयोजनामा शिविर संचालन भएको थियो ।
उत्त शिविरमा ३३२ जना मुटु रोगको विरामीहरुको परीक्षण र उपचार गरिएको नोवेलका जनसम्पर्क अधिकारी नविन दाहालले जानकारी दिए ।
नोबेलको मुटुरोग विभागका प्रमुख प्रा. डा. राजेश नेपाल, र मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवालको नेतृत्वमा मुटुरोग विशेषज्ञ चिकित्सक टोलीले विरामीहरुको परीक्षण, इकोकार्डियोग्राम, इसीजी र परामर्श सेवा प्रदान गरेको जनाइएको छ ।




