भोजपुर । टेम्केमैयुङ गाउँ पालिका ५ भोजपुर खावा चोलन्तीमा ३० वर्ष अगाडी हत्या गरि फरार भएका ५ जना अभियुत्तहरुलाई बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा साविक खावा गा.वि.स.वडा नं–१ र हाल टेम्केमैयुङ गा.पा.वडा नं–५ स्थाई ठेगाना भइ ललितपुरको सुनाकोठी बस्ने बर्ष ५० को कृपाराज राई, बर्ष ४६ को सुनसरीको धरानबाट नगेन्द्र कुमार राई, वेलका न.पा.–४ उदयपुरबाट बर्ष ५५ को विदुर कुमार राई, रामपुर ठोक्सिला उदयपुरबाट बर्ष ५४ को भिमराज राई र
बर्ष ४२ को मणी राई भन्ने थिर कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
२०५० मंसिर ३ गते राजधन राईको खुकुरी प्रहार गरि हत्या गरी फरार रहेका उनिहरुलाई बिभिन्न मितिमा पक्राउ गरि उनिहरुलाई जिल्ला अदालत भोजपुरमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ ।
प्रहरीले जानकारी दिए अनुसार जिल्ला अदालत भोजपुरले २०६१ भदौ २८ फैसला गर्दै मुख्य अभियुत्त शुक्रराज राई २० वर्ष कैद सजाय र अन्य मतियारहलाई ३ वर्ष कैद सजाय सुनाएको थियो ।
मुख्य अभियुत्त रहेका शुक्रराज राई भारतमा लुकेर बस्ने क्रममा मृत्यु भएको सुचना आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । सोही वारदातमा संलग्न पुर्णहाङ राईलाई मिति २०८० पौष १४ गते जिल्ला ललितपुर, भैसेपाटीबाट पक्राउ गरि कारबाही प्रकृया अगाडी बढाएको छ ।

तपाईको प्रतिक्रिया