बेलबारी । नोबेल मेडिकल शिक्षण अस्पताल बिराटनगरले सुन्दरहरैचा नगरपालिका वडा नं. १ निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
जेष्ठ नागरिक भवनमा माघ ५ गते नि:शुल्क स्वास्थ्य शिविरको आयोजना भएको हो ।
शिविरमा १९१ जना विरामीहरुको जेनेरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, दन्त रोग, आँखा रोग लगायतका विभाग अन्तर्गत स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरिएको थियो ।
नि:शुल्क स्वास्थ्य शिविरमा २० जनाको अल्ट्रासाउण्ड (भिडियो एक्सरे), १२ जनाको ई. सी. जी. र २७ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।

तपाईको प्रतिक्रिया