
बर्दिया । २२ वर्षपछि बर्दियाको ठाकुरबाबा नगरपालिका २ भुरीगाउँमा प्रहरी कार्यालय पुन: निर्माण भएको छ ।
द्वन्द्वकालको समय २०५८ सालमा तत्कालिन बिद्रोही पक्ष नेकपा (माओबादी) ले बम विष्फोट गराएर भत्काएको प्रहरी चौकी पन: निर्माण भएको हो ।
इलाका प्रहरी कार्यालयको भवन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक नव निर्मित भवन लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले उद्घाटन गर्नुभएको थियो ।
लुम्बिनी प्रदेश सरकारले ३ करोड ७८ लाख ४१ हजार रुपैयाँ लागतमा थुनुवा हिरासत कक्षसहितको भवन पुन: निर्माण भएको जनाइएको छ । तस्वीर उज्यालोबाट सभार




