
बेलबारी । इलाका प्रहरी कार्यालय केराबारीले अटोमेटिक पेस्तोल र खुकुरी सहित एक ब्यात्तीलाई पक्राउ परेको छ ।
केराबारी गाउँपालिका–९ स्थितबाट पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका–१ का ५२ बर्षिय निर कुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
फाल्गुन ३ गते बिहान केराबारी–९ भलुवाइ कि ५० वर्षिया जमुना देबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको थियो ।
अस्थायी प्रहरी पोष्ट भलुवाईमा जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको मेडइन इटाली लेखेको अटोमेटिक पेस्तोल १ थान, लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको थियो ।
खुकुरी प्रहारबाट घाईते भएका दुवै जनाको बिराटनगर स्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ भने घटनामा संलग्न हतियार सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धन भईहरेको प्रहरीले जनाएको छ ।




