
विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्राविधिक सहयोग र लाईफलाईन हस्पिटलको आयोजनामा मिति २०८० फल्गुन ३ गते लाईफलाईन हस्पिटल परिसरमा एक दिवसीय मुटु सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त अवसरमा ७९ जना विरामीको स्वास्थ्य परीक्षण तथा उपचार भयो । शिविरमा ७९ जनाको नि:शुल्क ईकोकार्डियोग्रफी, ५२ जनाको ईसिजि, औषधी बितरण गरिएको थियो ।
नोवेलले विभिन्न संघ सस्थाहरुको समन्वयमा नियमित रुपमा नि:शुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।
मुटु रोग सम्बन्धी नि:शुल्क स्वास्थ शिबिरबाट हजारौं बिरामीहरु लाभान्वित भइसकेका छन् ।




