
धनकुटा । पाख्रीबास नगरपालिका– १० चुङबाङ स्थित पिकअप गाडी वर्ष ९ की संस्कृती राईको मृत्यु भएको छ ।
को.२ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ८ जना घाईते भएका छन् भने राईको मृत्ु भएको हो ।
आज फागुन २० गते दिउँसो साढे ३ बजे हिलेबाट चुङबाङ तर्फ जादै गरेको जाँदै गर्दा दुरघटना भएको थियो । उत्त गाडीमा सवार धनकुटा नगरपालिका– ४ बस्ने वर्ष ३६ देबिका खत्री वर्ष १४ का अभिनाश खत्री धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
अन्य घाईते पाख्रीबास– १० बस्ने वर्ष २२ की रबिका राई, वर्ष की ६० लक्ष्मी राई, वर्ष ४० की सानु आले, धनकुटा– ४ बस्ने ३७ की देवी खत्री, वर्ष १० को अजित खत्री र सुनिता खत्रीको घोपा धरानमा उपचार भइरहेको प्रहरीले बतायो ।
पिकअप चालक पाख्रीबास– १० का ५५ बर्षीय राममणि राईलाई प्रहरीले नियन्त्रणमा रहेको जनाइएको छ ।




