धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी, नशा तथा मेरुदण्डका एसोसिएट प्रोफेसर डा. रोशन कलवारले स्वास्थ्य ऐन नियम उल्लङ्घन गरी प्रतिष्ठानको गेट बाहिर स्वास्थ्य सेवा सञ्चालन गरी मेडिकल व्यापार गर्दै आएका छन् ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नियमावली २०५५ ले बिपी प्रतिष्ठानका शिक्षक कर्मचारीले आफ्नो कार्यालय सम्बन्धित काम बाहेक प्राइभेट प्राक्टिस, ट्युसन र अन्य कुनै प्रकारका वैतनिक र अवैतनिक काम गर्न नहुने गरी बन्देज लगाएको छ ।

कलवारले टाटा डाईगोनेस्टिक क्लिनिकलाई पुनः स्थापित गर्दै सेवा सञ्चालन गरी रहेका छन् । स्थानीय स्वास्थ्य निर्देशिका अनुसार छनौट गरिएको स्थान त्यस्तै प्रकृतिको अस्पताल रहेको स्थानको मूल गेटबाट २०० मिटर दुरी टाढा हुनु पर्ने व्यवस्था रहेको छ ।अस्पताल सेवा सञ्चालन गरिने भवन नक्सा र डिजाइन भवन ऐन २०५५ को दफा ११ मा भएको व्यवस्था अनुरूप स्वीकृत भएको हुनु पर्ने छ । साथै अस्पताल भवन मापदण्ड भौगोलिक विषमताको आधारमा भवनको हरेक तलाको उचाइ मानव स्वास्थ्य अनुकूल हुनुपर्ने व्यवस्था रहेको छ ।
जेल चलान भएका साहसग कसरी कल्वारको कनेक्सन भयो र सञ्चालन गर्ने जिम्मा प्राप्त गरे सोचनीय रहेको छ । बन्द भएको क्लिनिक सञ्चालन गर्न डाक्टर कलवारले पदको दुरुपयोग गरी बिपीका जेआर प्रयोग गरी क्लिनिक सञ्चालन गरी रहेका छन् ।डाक्टर कलवार सँग फोन सम्पर्क गर्दा साङ्केतिक र रचनात्मक विरोध स्वरूप बिरामीहरूलाई परामर्श दिइरहेका छौ । बिपी प्रतिष्ठानले डाक्टरहरूलाईरचनात्मक काम गर्न पाउने छुट दिनु पर्ने माग सहित अस्पताल खोलेको हो भन्दै उनले भने आफू बिपीको डाक्टर मात्र नभएर नेपाल मेडिकल एसोसिएसनको अध्यक्ष समेतले विरोध स्वरूप अस्पताल खोलेको बताए ।
उनको नियम विपरीतको कार्य बारे डाक्टर कलवारसँग फोन सम्पर्क गर्दा उनले भने, ‘हामी बिपीका दास होइनौ ।’ नेपालको कानुन भित्र रहेर काम गर्न तयार रहेको बताए पनि उनको भनाइ थियो, ‘ बिपीको एकलौटी सर्त मान्य हुँदैन ।’बिपी प्रतिष्ठान र डाक्टर दुवै तर्फको सर्त मान्य हुने सर्त हुने उनको भनाई छ । बिपीका शिक्षक तथा डाक्टरहरूको बढुवा नभएका कारण आफूहरूलाई व्यक्तिगत घाटासँगै पब्लिकलाई समेत घाटा रहेकोले क्लिनिक खोलेको उनले बताए ।




