खाँदबारी । लिभिङ टुगेदरमा बसेका जोडी बिच एक आपसमा बादबिवाद हुँदा एक महिलाको हत्या भएको छ ।
फागुन १८ गते बाद बिबाद हुँदा खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ संखुवासभामा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पाले वर्ष २६ की बिना कुमारी राईको हत्या गरेको हो ।
सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा राई र शेर्पा संगै बस्दै आएकी घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
घटना पश्चात फरार रहेका शेर्पा फागुन २४ गते संखुवासभा नगरपालिका–७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया