विराटनगर । इलाका प्रहरी कार्यालय जलजलेबाट एक युवालाई चाँदी जस्तो टल्कने धातु सहित पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका–६ जलजले ढाटबाट बिल नभएको चाँदी जस्तो देखिने धातु २ किलो २९८ ग्राम ५६० मिलिग्रामसहित सप्तरी शम्भुनाथ नगरपालिका–९ बस्ने वर्ष २२ सन्तोष विकलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले विकलाई कम्मरमा भिरेको झोलामा लुकाई ल्याएको उक्त धातुसहित पक्राउ गरेको जनाएको छ ।




