बेलबारी । लागुऔषध ब्राउनसुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
हिजो फागुन २९ गते मंगलबार  सुन्दरहरैचा नगरपालिका–९ मोरङबाट लागूऔषषध ब्राउनसुगर १ ग्राम ६ सय ७० मिलिग्रामसहित सुन्दरहरैचा नगरपालिका–१० बस्ने वर्ष २४ मोहमद अस्लाम र वर्ष ३३ नबराज खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारी र इलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया