
मधुमल्ला । मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ८ मा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
फाल्गुण २९ गते मंगलबार सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि को आयोजन र मिक्लाजुङ्ग वडा नं. ८ कार्यालयको सह आयोजनामा स्कुल डाँडा स्थित देवकोटा माध्यमिक विद्यालयमा एक दिवसीय बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा जनरल मेडिसिन, प्रसुती तथा स्त्री रोग, बाल रोग, जनरल सर्जरी, छाला रोग, हाड जोर्नी तथा नशा रोग, दन्त रोग, आँखा रोग लगायतका विभागहरुमा ४४५ जनाको स्वास्थ्य परीक्षण तथा उपचार भएको जनाइएको छ ।
शिविरमा ११३ जनाको भिडियो एक्सरे, ४४ जनाको ई सी जी, ८५ जनाको ल्याव परीक्षण र ५ जनाको दाँत खोलिएको छ ।
नोवेलले विभिन्न संघसस्थाहरुको समन्वयमा नि:शुल्क स्वास्थ्य शिविरहरु संचालन गर्दै आएको छ ।




