धनकुटा । धनकुटा नगरपलिका–४ सल्लेरीमा मोटरसाईकल यात्रा गर्दा रुखबाट भाँच्चिएर झरेको हाँगाले लाग्दा एक महिलाको मृत्यू भएको छ ।
प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाईकलमा श्रीमानसंग धनकुटाबाट हिले तर्फ जाने क्रममा सल्लेरीमा रुखको हाँगाले लागेर धनकुटा नगरपालिका–१ बस्ने वर्ष ३० की उषा तामाङको मृत्यु भएको मृत्यू भएको हो ।
हिजो चैत्र १ गतेको भएको उत्त घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।




