खाँदबारी । पाँचखपन नगरपालिका– ९ याङ्सिजुङ स्थित मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
चैत्र २ गते दिउँसो १२ बजे वानातर्फ आउदै गरेको बा. ४० प १७९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडी सवार स्थानीय ६५ बर्षीय पदम बहादुर बिश्वकर्मको घटनास्थानमै मृत्यु भएको थियो ।
दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २७ बर्षीय कमानसिं बिश्वकर्मा र अर्को मोटरसाईकल चालक धनकुटा नगरपालिका– १० का २३ बर्षीय पदम भण्डारीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वानाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




