पथरी । खोजकर्ता दीपेन्द्रराज तिम्सिनालाई तिमिल्सिना समाज कोशि प्रदेश समितिले सम्मान गरेको छ ।
आज चैत्र ३ गते शनिबार बेलबारी नगरपालिका भाउन्ने स्थित तिमिल्सिना समाज मोरङ जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा तिम्सिनालाई सम्मान गरेको हो ।
तिमिल्सिना समाजका केन्द्रीय अध्यक्ष दीपक तिम्सिनाले खोजकर्ता लेखक तिम्सिनालाई प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेका थिए । तिमिल्सिना वंशको कुल प्रतिष्ठालाई उच्च राख्न अमुल्य योगदान गरेकोले स्रष्टा खोजकर्ता तिम्सिनालाई सम्मान गरेको तिमिल्सिना समाज कोशि प्रदेशका अध्यक्ष हरी तिम्सिनाले बताए ।
तिम्सिनाले खोज, अनुसन्धान गरि हालै देशभरिका तिमिल्सिनाको इतिहास सहितको खोजमुलक पुस्तक “ तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म “ पुस्तक प्रकाशन गरेका छन । । तिमिल्सिनाको कुल वंशमा जन्मेर हालसम्म खोजमुलक ११ वटा पुस्तक प्रकाशन गर्ने अत्यन्त मेहेनति तिम्सिनालाई सम्मान गर्न पाउँदा खुसि लागेको तिमिल्सिना समाज केन्द्रीय समितिका पुर्व अध्यक्ष हालका संरक्षक नवराज तिमिल्सिनाले बताए । तिमिल्सिना को केन्द्रीय वंशावली प्रकाशनको सन्दर्भमा आयोजित प्रदेश स्तरीय छलफल तथा छात्र छात्रालाई छात्रवृत्ति वितरण कार्यक्रम वितरण समेत गरिएको थियो ।
पल्पसा तिम्सिना उदयपुर, दीक्षा तिम्सिना पाँचथर, करुणा तिम्सिना झापा, बिमला तिम्सिना मोरङ, सिम्रिका तिम्सिना भोजपुर, कविता तिम्सिना तेह्रथुम, रिना तिम्सिना सुनसरी, आयुसा तिम्सिना धनकुटा र रिवेक तिम्सिना खोटाङलाई केन्द्रबाट प्राप्त छात्रवृत्ति वितरण गरिएको थियोे ।

तपाईको प्रतिक्रिया