सोलुखुम्बु । सोताङ गाउँपालिका–३ नागेन चौर घोपु स्थित हुङ्गा खोलामा ढुङ्गाले किचेर १ जनाको मृत्यु भएको छ ।
आज चैत्र ६ गते मंगलबार बिहान साढे १० बजे घोपुबाट कुङ्लितर्फ जाने झोलुङ्गे पुल निर्माण गर्न जिप खन्ने क्रममा माथीबाट खसेको ढुङ्गाले किच्दा स्थानिय ४५ बर्षिय तुला बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया