तेह्रथुम । म्याङ्लुङ नगरपालिका–६ तेह्रथुममा पत्नीको हत्या गनेरेको आरोपमा वर्ष ४६ दिपक लिम्वुलाई प्रहरीले पक्राउ परेका छन ।
हिजो बेलुका करिब ७ बजको समयमा  घरायसी बिवादमा धारीलो हतियार सिकल प्रहार गरी वर्ष ५४ की सुवास कुमारी लिम्बुको हत्या आरोपमा गरेका दिपक पक्राउ परेका हुन ।
दाउरा घाँस काटने सिकल प्रहार गर्दा सुवास कुमारीको घटना स्थलमा नै मृत्यु भएको प्रहरी जनाएको छ ।
दिपकलाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहाल सहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया