
भोजपुर । २०६३ साल कार्तिक १४ गते साविक भैसिपंखा गाबिसमा भएको कर्तब्य ज्यान मुद्धाको अनुसन्धान १७ वर्षपछि पुनः सुरु भएको छ ।
हाल भोजपुर नगरपालिका–१० का ४४ बर्षीय निमा दावा शेर्पा छिमेकी चन्द्र बहादुर तामाङको घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाको विषयमा अनुसन्धान सुरु भएको हो ।
घटनाको आरोपित वर्ष ६० का तामाङलाई खोजतलास गर्ने क्रममा २०८१ साल बैशाख ११ गते सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेर अनुसन्धानको सुरुवात भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
सोही घटनाका अर्का आरोपित स्थानीय बाल कुमार तामाङ हाल फरार रहेकोमा खोजतलास भईरहेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दियो ।




