धनकुटा । धनकुटामा ६८ किलो गाँजा सहित २ जनालाई पक्राउ गर।ेको छ ।
धरान उपमहानगरपालिका–१७ बस्ने वर्ष ३० का सुरज थापा र धरान उपमहानगरपालिका–३ बस्ने वर्ष ४० का नारायण श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हा ।
प्रहरी चौकी मुलघाटबाट प्रहरी चेकपोष्टबाट बाग्मती प्रदेश ०१–०२५ च ४६७७ नम्बरको कारबाट गाँजाको बोरा फयाकेर कार भगाएको थियो ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका ६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

तपाईको प्रतिक्रिया