पथरी । अबैध शारिरिक सम्बन्धबाट जन्मीएको बच्चा जन्माएर हत्या गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले मिक्लाजुङ गाउपालिका–१ सातबोटे बस्ने वर्ष २६ की अस्मिता राईलाई अबैध यौन सम्बन्धबाट जन्मीएको बच्चालाई हत्या गरेको गरेको अभियोगमा पक्राउ गरेको हो ।
बच्चा हत्या गरेको अभियोगमा पक्राउ परेकी महिलाको श्रीमान बिगत १ वर्ष अगाडीदेखी बैदेशिक रोजगारीमा रहेको र अर्का पुरुषसंगको यौन सम्बन्धबाट बच्चा जन्मीएपछि हत्या गरेर फालिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महिलालाई गर्भवती बनाउने पुरुष पनि हाल बैदेशिक रोजगारीमा रहेका प्रारम्भिक बयानमा उनले खुलाएको प्रहरीले जनाएको छ ।
अनुसन्धान ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दास नेतृत्वको टोलीले गरीरहेको छ । हत्यागरी फालिएका शिशुको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया