
संखुवासभा । जबरजस्ती बलात्कार गरेर फरार भएका एक ब्यात्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक संजाल फेसबुक मार्फत चिनजान भएपछि विवाह गर्ने प्रलोभनमा पारि संखुवासभाको एक होटलमा जवर्जस्ती बलात्कार गर्ने ब्यात्ती पक्राउ गरेको हो ।
स्थाई घर भिमाद न.पा. वडा नं. २ तनहुँ बर्ष ३७ का हिमाल मगर भनिने अभिमान सिं आलेलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सहयोगमा बैसाख २२ गते पक्राउ गरेका थियो ।
बलात्कारको घटना घटाएपछि मगरले आफनो नाममा रहेको फेसबुक निष्कृय पारेर फरार रहेको उनलाई बिषेश अनुसन्धानबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पक्राउ परेका उलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले अदालतबाट म्याद थप भई कानुनी कारबाहीको प्रकृया अगाडी बढाएको जनाएको छ ।




