
विराटनगर । नोवेल मेडिकल शिक्षण अस्पताल बिराटनगरले झापाको दमकमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
वैशाख २६ गते बुधबारका दिन नोबेल मेडिकल कलेजको प्राविधिक सहयोग र लाइफ हस्पिटलको आयोजनामा एक दिवसीय मुटु रोगको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
लाइफ हस्पिटल, दमक, झापामा संचालित निःशुल्क मुटु रोग शिविरमा ८० जना विरामीहरुको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गरिएको जनाइएको छ ।




