
धरान । निजी तथा अवसिय विद्यालयहरुको छाता संगठन प्याब्सन सुनसरीका जिल्ला अध्यक्ष अनुप तामाङको निधन भएको छ ।
हृदयघात भएपछि गए राती करिब अढाई बजेतिर अध्यक्ष तामाङको निधन भएको हो । हृदयघात भएपछि परिवारले उपचारको लागी अस्पताल पुर्याएका थिए । चिकित्सकहरुले प्रयास गरेपनि बचाउन भने सकेनन् । तामाङको आजै अन्त्येष्टी गरिने आफन्तजनले जानकारी दिएका छन् ।
मृतक तामाङ प्याब्सन सुनसरीका अध्यक्षसँगै स्काउटको धरान उपमहानगर संयोजक, धरान १८ स्थित माउण्ट हर्मोन एकेडेमीका डाइरेक्टर र धरान १२ स्थित एम्स एकेडेमीका पनि एमडि थिए । यसैबीच, आज सुनसरी जिल्ला भरिका सम्पूर्ण निजी विद्यालयहरूमा शोक बिदा दिइएको छ ।




