पथरी । सुनाखरी मावि पथरीशनिश्चरे नगरपालिका १ मोरङमा किरात राई चाम्लिङ भाषाको पाठ्य पुस्तक हस्तानतरण भएको छ ।
हिजो भदौ २६ गते वडा न. १ को वडा अध्यक्ष भिमकुमार राई र नगर शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकीको रोहबारमा पुस्तक हस्तानतरण भएको हो ।
सुनाखरी माविमा विगत ४ वर्षदेखी किरात चाम्लिङ राईको भाषा पढाई संचालन हुँदै आएको थियो ।
नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय सानोठिमी भत्तपुरबाट प्रकाशन भएको पुस्तकको प्रकाशन सहयोगी पथरी शनिश्चरे नगरपालिका रहेको छ ।
कार्यक्रममा किरात राई यायोक्खाको केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई नगर अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष राम बहादुर राई सुनाखरी मावि विद्यालय ब्ब्यव
स्थापन समितिका अध्यक्ष प्रदिपकुमार राई प्रधानाध्यापक भूमिका मगर सहित शिक्षक अभिभावक र विद्यार्थीको उपस्थिती रहेको थियो ।
प्रकाशित पुस्तक नगर प्रमुख मोहनप्रसाद तुम्बापो, शिक्षा बिभाग प्रमुख नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिवसमेत रहेका विद्यालयका सल्लाहकार अर्जुन जम्नेली राई, नगर अध्यक्ष प्रेम वाम्बुले राई लगायतले संयुक्त रुपमा विद्यालयलाई हस्तान्त्रण गरेका हुन ।
पुस्तक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिपकुमार राई, प्रधानाध्यापक भूमिकादेवि मगर, भाषा शिक्षिका नुमा राईलाई हस्तान्तरण भएको हो । भाषा पठनपाठनको लागि नगरपालिकाले न्युनतम पारिश्रमिकमा स्वायम सेवक शिक्षक दिएको छ ।