
विराटनगरं । भरतपुर महानगरपालिकाको नव निर्वाचित मेयर रेनु दाहाल दुर्घटनामा परि सामन्य घाइते भएकी छिन ।
ललितपुरको जाउलाखेलमा दुर्घटना हुदा मेयर दाहाल घाइते भएकी हुन । दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडीको टायर पञ्चर भएपछि विद्युतको पोलमा गएर ठोक्किएको थियो । दुर्घटनामा दाहालको टाउकोमा चोट लागेको छ ।
सामान्य घाइते भएकी दाहालको काठमाण्डौ स्थित एक अस्पताल उपचार गरि डिस्चार्ज भएको दाहाको सचिवालयले जनाएको छ ।




