
लन्डन । लिम्बुवान नागरिक समाज यूकेले वीर नेम्वाङलाई काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । साहित्यकार तथा लिम्बुवानी नेता नेम्वाङलाई नगद १ लाख ताम्रापत्र सम्मान पत्र सहितको पुरस्कार गर्ने भएको हो ।
‘लिम्बुवान स्वायत्तताको मुद्दालाई शान्तिपूर्वक तर सशक्त ढंगले निरन्तर चार दशकदेखि उठाउनुका साथै याक्थुङ भाषाको विकास र प्रबद्र्धनमा अथक योगदान पुर्याएबापत,’ अध्यक्ष वनेमले भने, ‘वीर नेम्वाङलाई पहिलो पटक काङ्सोरे पुरस्कार प्रदान गर्न लागेको बताइएको छ । सम्मानित हुन लागेका नेम्वाङ सन् १९५८ मा पान्थरको याम्बोङ हाल फाल्गुनन्द गाउँपालिकामा जन्मिएका नेम्वाङ ४० वर्षदेखि राजनीति र साहित्यमा सक्रिय छन । नेम्वाङले नेपाली, अंग्रेजी र लिम्बु भाषामा लिम्बुवान युवाहरू वास्तविक मुक्ति चाहन्छन्, लिम्बुवानको रामकहानी, सेम्मुई, माङ्हुप, लिम्बु संस्कृतिका केही विशेषता, गोपाल गुरुङको आरोप, लिम्बुको पहिचान के हो ?, वीर नेम्वाङका कविता, लिम्बुवान संघर्ष किन, लिम्बुवान जलिरहेछ लगायत उनका केही प्रकाशित पुस्तकहरू हुन् ।






