रुसलेले युक्रेनी भूमी २० प्रतिशत कब्जा गरेको जनाएको छ । लक्जम्बर्गको संसद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र रुसले नियन्त्रणमा लिएको जनाएको हो । रुसले कब्जा गरको यूक्रेनको भूभागमा रुसी फौज राखेर नियन्त्रण गरेको जनाए ।
यदि रुसी फौजले डोनबास कब्जा गर्न सके भने राष्ट्रपति पुटिनले युद्ध जितेको दाबी गर्न सक्ने ठानिएको छ। सम्बोधनकै क्रममा जेलेन्स्कीले ३० हजारभन्दा धेरै रुसी सैनिकहरूले यस युद्धमा ज्यान गुमाएको दाबी गरेका गरे । रुस युक्रेन युद्धको कारण संयुक्त राष्ट्रसङ्घका अनुसार झण्डै डेढ करोड युक्रेनीहरू घर छाड्न बाध्य भएकामा ६८ लाखले देश नै छाडेर तथ्याङक छ ।

 

तपाईको प्रतिक्रिया