
पथरी । शनिवार प्रदेश लगायत देशको बिभिन्न भागमा मेघ गर्जन हावाहुरी सहित भारी बर्षा हुने जनाइएको छ । भारतको उत्तरप्रदेशबाट बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाको प्रभावले देशको बिभिन्न स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको हो ।
विभागले जनाए अनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।




