
पथरी । दुई अपराधिक समुहको द्धन्दका कारण पञ्जाबका गायक सिद्धू मुसेवालाको हत्या भए पछि भारतिय प्रहरीले नेपालमा छापा मारेको छ । गायक मुसेवालको हत्यामा संलग्न व्यक्ति नेपाल आएर लुकेर बसेको अशंकामा भारतिय प्रहरीले नेपालमा छापा मारेको हो । आइतबार पञ्जाबको मानसा जिल्लास्थित जवाहर्के गाउँमा अज्ञात व्यक्तिले मुसेवालाको गोली हानी हत्या गरेका थिए । पञ्जाब सरकारले उनको सुरक्षा फिर्ता लिएको एक दिनपछि उनको हत्या हो ।
भारतिय प्रहरीले नेपालमा गरेको अनुसन्धानको विषयमा नेपाल प्रहरीका उच्च अधिकारीहरुले औपचारीक जानकारी नभए पनि अनौपचारिक रुपमा भारतीय प्रहरीले नेपालमा पनि केन्द्रीत भएर अनुसन्धान गरिरहेको बताउयछन ।
गायक मुसेवालाको हत्यामा आरोपमा कुख्यात लागूऔषध तस्कर मनप्रित सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छने अन्य दुईजना युवालाई पनि पक्राउ गरेको छ ।
गायक सिहको हत्याको जिम्मेवारी लरेन्स विश्नोई ग्याङले लिदै बदला लिएको बताएको भारतिय संचारमाध्यमहरुले जनाएको छ । ग्याङका तर्फबाट सचिन थपन नामक व्यक्तिले घटनाको जिम्मेवारी लिँदै सिद्धूको हत्या ‘पब्लिसिटी स्टनट’ वा ‘असूली’का लागि नभइ पञ्जाबका युवा नेता विक्की मिदुखेराको हत्यामा संलग्नलाई सेल्टर दिएको बदला लिइएको बताएका थिए ।






