म्यागलुङ । तेह्रथुमको बिभिन्न विद्यालयहरुमा इन्टरनेटको पहुँच पुग्न थालेपछि अहिले विद्यार्थीहरुमा खुसी छाएको छ । ग्रामीणस्तरमा रहेका विद्यालयहरूमा इन्टरनेट जडान भएपछि सामुदायिक विद्यालयमा आर्कसण बढेको छ ।
विद्यालयका हरेक काम हस्तलिखित हुदै आएपनि हाल इन्टरनेटको माध्यमबाट बिभिन्न सुचना तथा कार्यालयको काम सञ्चालनमा आएको छ । विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकै साथ सूचना प्रविधिमा जोड्न तेह्रथुमका चारवटा माध्यमिक विद्यालयमा इन्टरनेट जडान गरी हरेक काम सञ्चालनमा ल्याएको कारण सहज भएको छ । विद्यालयमा इन्टरने सञ्चालन गर्न प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।
इन्टरनेट जडान भएपछि मेन्छ्यायेम गाउँपालिकाको गौखुरी मावि र श्रीजुङ मावि, फेदाप गाउँपालिकाको जनज्योति मावि र छथर गाउँपालिकाको भगवती माविमा सुविधा लिएका छन ।
इन्टरनेट प्रविधिबाट पढाइ सुरु भएपछि पुस्तकमा नभएका नयाँ नयाँका शैक्षिक सामग्रीको अध्ययन गर्नसमेत सजिलो भएको भगवती माध्यमिक विद्यालयमा विद्यार्थी निशा बाग्दासले बताइन् । कक्षाहरूमा स्माटबोर्ड जडान गरी अध्यापन गर्दै आएको विद्यालयहरुले जनाएका छन् । स्मार्ट बोर्डहरूमा नेट जडान भएकाले सचित्र पठनपाठन गर्दै आएको भगवती माध्यमिक विद्यालयका प्रधानध्यापक श्रीमान बस्नेतले बताए । ‘विद्यालयमा डिजिटल कक्षा सुरु भएपछि विद्यार्थी र शिक्षक दुवैलाई पढ्न पढाउन सहज भएको छ । शिक्षक नहुँदा पनि विद्यार्थीहरूलाई आफ्नो विषयवस्तुलाई सहजै रूपमा पढ्न पाउने गरेका छन । स्मार्टबोर्ड र स्मार्ट टिभी जडान गरी सबै कक्षामा डिजिटल कक्षा सञ्चालन गर्ने तयारीमा जुटिरहेका छौ,’ प्रधानध्यापक बस्नेतले भने ।

तपाईको प्रतिक्रिया