बिबिसि । थाइल्यान्डमा गाँजा उत्पादन गर्ने उदेश्यले खेती गर्न सर्बोच्च अदालत अनुमति प्रदान गरेको छ । गाँजा प्रबिबन्ध लगाएको थाइल्यन्डले सो विषयमा पक्राउ परेका करिब ४ हजार बन्दीलाई छाड्न आदेश दिदै गाँजा खेती गर्न अनुमती दिएको हो ।
यो निर्णयले कृषि उत्पादन र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने सर्बोच्च अदालतको बुझाई रहेको छ । यस्तो निर्णय गर्ने दक्षिण–पूर्वी एसियामै थाइल्यन्ड पहिलो देश हो ।
थाइल्यन्डको नागरिकको आम्दानीको स्रोत विकास भएको भन्दै त्यहाका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुल यो निर्णयको स्वागत गरेका बिबिसिले उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया