खोटाङ । स्थानिय निर्वाचनमा १ लाख ४३ हजार ७ सय ५२ जनाले मतदाता सङख्या रहेको छ ।
बैसाख ३० गते हुने स्थानिय निर्वाचनको लागी मतदाता १ लाख ४३ हजार ७ सय ५२ सङख्या रहेको उल्लेख गरेको हो । निर्वाचन आयोग दित्तेलको अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबै भन्दा धेरै ३४ हजार ७८ रहेका छन ।
हलेसीतुवाचुङ नगरपालिकामा २० हजार ९ सय २१ मतदाता जना केपिलासगढी गापामा १० हजार ८ सय ३८, ऐसेलुखर्क गापामा ११ हजार ४ सय ९५, रावाबेसी गापा ९ हजार ६ सय १८, साकेला गापामा ८ हजार ५ सय ४८, खोटेहाङ गापामा १५ हजार २ सय ४५, दिप्रुङचुइचुम्मा गापामा १३ हजार चार सय ३१, बराहपोखरी गापामा ९ हजार ३ सय ६४ र जन्तेढुङ्गा गापामा १० हजार २ सय १३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यलय खोटाङले सुचना दिएको छ ।
२०७४ को निर्वाचनको तुलनामा २८ हजार १ सय १० जना नयाँ मतदाता बढेको तथ्याङकमा उल्लेख छ ।
खोटाङमा १ सय ३६ मतदान स्थल रहने र एक सय ९४ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले बताएको छ ।






