पथरी । पथरीशनिश्चरे नगरपालिकाले यस नगरलाई कार्यक्षेत्र बनाएर काम गर्ने ३ जना संचारकर्मीहरुलाई सम्मान गरेको छ ।

 


कुरकुरे डटकम साप्ताहिक पत्रिकाको प्रकाशक मोहन भट्टराई क्रेजी डटकम साप्ताहिकको प्रकाशक सन्तोष राई प्रदेश दैनिकका भिमराज अधिकारीलाई सम्मान गरेको हो ।
उत्कृष्ट संचार माध्यम पुरस्कारबाट क्रेजी साप्ताहिकलाई नगद २५ हजार मायाको चिनो र सम्मान पत्रले प्रकाशक तथा सम्पादक सन्तोष राईलाई प्रदान गरेको थियो । क्रेजी डटकम साप्ताहिक प्रदेश १ मा रहेर कला तथा मनोरंजनको बिटमा रहेर प्रकाशित पहिलो संचार माध्यम हो । त्यसै गरि अग्रज पत्रकार सम्मान २०७८ बाट सम्मानित भट्टराईलाई नगद २० हजार राशी सहित मायाको चिनो स्वरुप सम्मान पत्रले सम्मानित भएका छन । भट्टराईले २०५६ सालदेखी तत्कालिन मोफसल साप्ताहिक पत्रिका देखी पत्रकारितामा प्रबेश गरेका हुन ।
त्यसैगरि उत्कृष्ट संचारकर्मी सम्मानले भिमराज अधिकारीलाई प्रदान गरेको छ । प्रदेश दैनिकमा आवद्ध अधिकारी नगर क्षेत्रको चर्चित संचारकर्मी हुन ।

तपाईको प्रतिक्रिया